कञ्चनपुर, मलामी गएका कञ्चनपुरका एक युवक महाकाली नदीमा बेपत्ता भएका छन्। मंगलबार शुक्लाफाँटा नगरपालिका ७, जुडा कालापानीका ४५ वर्षीय प्रकाशबहादुर सिंह नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर भट्टले दिउँसो भीमदत्त नगरपालिका ११भुजेला महाकाली क्षेत्रमा नुहाउने क्रममा सिंह बेपत्ता भएको बताए।
प्रहरी निरीक्षक भट्टका अनुसार सिंह छिमेकी ७० वर्षीय धना भट्टको मलामी आएका थिए। भट्टको सदगत गरेर घर फर्किएर नुहाउने क्रममा सिंह बेपत्ता भएका छन्। सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय खोजिकार्यमा जुटेका छन् ।

