बुध, साउन २०, २०८३

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते


कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा परेर पाँच जना कैदीबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।

उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई,भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।

घाइते कैदीबन्दी लागूऔषध र चाेरी मुद्दाका कैदी तथा बन्दी भएको एसपी खत्रीले बताए ।

उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियोे ।

सम्बन्धित समाचार