बुध, बैशाख २३, २०८३

युद्धविराम घोषणाकै बीच खाडी मुलुक र इजरायलमा इरानको आक्रमण


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताको युद्धविरामको घोषणा गरेपनि मध्यपूर्वका विभिन्न देश र इजरायलमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएका छन्। युद्धविरामको खबरले शान्तिको आशा जगाए पनि जमिनमा भने युद्धको स्थिति कायमै देखिएको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।

बुधबार बिहानैदेखि कुवेत र संयुक्त अरब इमिरेट्स ९यूएई० ले आफ्नो आकाशमा आएका ड्रोन र क्षेप्यास्त्रहरूलाई विफल पार्ने प्रयास गरिरहेको बताएका छन्। अबुधाबीस्थित हब्शान ग्यास प्रशोधन केन्द्रमा आक्रमणका कारण आगलागी भएको छ भने कतारको रक्षा मन्त्रालयले एउटा क्षेप्यास्त्र सफलतापूर्वक खसालेको दाबी गरेको छ।

बहराइन र साउदी अरबले पनि आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र सम्भावित खतराप्रति सतर्क रहन अर्ली वार्निङ जारी गरेका छन्। इजरायली सेनाका अनुसार इरानबाट प्रहार गरिएका कैयौँ क्षेप्यास्त्रहरू इजरायलको मध्य भागमा खसेका छन्, जहाँ उद्धार टोलीहरू परिचालन गरिएको छ।

राष्ट्रपति ट्रम्पले मंगलबार साँझ ६स्३० बजे ९पूर्वीय समय० दुई हप्ताको युद्धविरामको घोषणा गरेका थिए। त्यसको दुई घण्टापछि इरानका सर्वोच्च नेता मुजतवा खामेनीले पनि आफ्ना सबै सैन्य निकायलाई गोलाबारी रोक्न आदेश दिएका थिए।

तर, इरानको सैन्य रणनीति ुविकेन्द्रीकृतु भएका कारण माथिल्लो तहको आदेश तल्लो तहका कमाण्डरहरूसम्म पुग्न समय लागेको हुनसक्ने विश्लेषण गरिएको छ। यसै प्राविधिक ढिलाइका कारण युद्धविराम घोषणा भए पनि आक्रमणहरू नरोकिएको अनुमान गरिएको छ।यता इरानको राजधानी तेहरानमा भने विगतको रात निकै लामो र तनावपूर्ण रह्यो।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका विद्युत् गृह, सडक र पुलहरूमा बमबारी गर्ने धम्की दिएपछि इरानी जनता ठूलो भौतिक क्षतिको त्रासमा थिए। आक्रमणको डरले मानिसहरूले खाद्यान्न, मैनबत्ती र पानी भण्डारण गरेका थिए।युद्धविरामको खबरसँगै भौतिक संरचना विनाश नहुने कुरामा आम नागरिकले केही राहत महसुस गरेका छन्। यद्यपि, इरानभित्रको एउटा तप्का भने यो युद्धविरामबाट निराश देखिएको छ।

सम्बन्धित समाचार