बिहि, जेष्ठ २१, २०८३

विमानस्थलबाट थाई नागरिक पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थाई नागरिक पक्राउ परेका छन्। अवैध लागुऔषध गाँजा तीन किलो ४३५ ग्रामसहित थाइल्यान्डका नागरिक ३९ वर्षीय योंगुट थुइसनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त गाँजा भेटिएको हो ।

उनलाई थप आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ। थाइल्यान्डबाट नेपाल हुँदै भारतमा गाँजा तस्करी हुँदै आएको छ।

सम्बन्धित समाचार