महेन्द्रनगर । कञ्चनपुर कारागारभित्र थुनुवाबीच भएको आपसी विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा बेदकोट नगरपालिका–९ का गणेश विष्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार विष्ट लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ का भुवन ऐरले चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ । दुवैजना लागूऔषध सम्बन्धी मुद्दामै थुनामा रहेका व्यक्ति हुन् ।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

