बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुरमा छोराले गरे आमाको हत्या, दिदि घाइते


महेन्द्रनगर। कञ्चनपुरमा एक युवकले आफ्नै आमा र बहिनीमाथि खुकुरी प्रहार गरेका छन्। मंगलबार दोधाराचाँदनी नगरपालिका-४ स्थित सुर्खेती टोलका हरिप्रसाद श्रेष्ठले आफ्नै आमा र दिदीमाथि खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट ७५ वर्षीया वृन्दा माझी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने ५५ वर्षीया भगवती माझी घाइते भएकी छन्। घाइते भगवतीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि आरोपी हरिप्रसाद श्रेष्ठ फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले जनाएको छ। घरायसी विवादका कारण घटना भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार