आइत, असार ७, २०८३

अभद्र ब्यवहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ


डडेल्धुराः अभद्र ब्यवहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडा बस्ने २५ वर्षीय डार्विन रावल पक्राउ परेका हुन्।

रावललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

सम्बन्धित समाचार