पवन औजी । लोक तथा देउडा गायक शेरी औजीको ‘मेरि धौली भाइरल होइरैछ ‘ बोलको देउडा गित सार्बजनिक भएको छ । चर्चित टिकटक स्टार बिनय चन्दको शब्द लयमा उक्त गित सनिवार सार्बजनिक भएको हो । पछिल्लो समय देउडा गित सङ्गितका क्षेत्रमा चर्चा कमाउन सफल गायक औजीको उक्त गितमा बिनय चन्द आफैले अभिनय समेत रहेको उक्त गितमा रेखा चन्दको अभिनय समेत रहेको छ । बिनय चन्द युटुब च्यानल बाट सार्बजनिक भएको उक्त गित हासो मजाकका साथै कंचनपुरका विभिन्न स्थानहरुको दृश्य समेत रहेको छ। ए रुपा बाट चर्चाको शिखरमा रहेका गायक शेरी औजी पछिल्लो समय निकै ब्यस्त रहेका छन । उनले एक पछि अर्को गित बजारमा ल्याइरहेका छन । सबै गितले माया पाए झै यस गितलाई पनि माया गरिदिनु हुन ।उनले दर्शक श्रोतालाई आग्रह समेत गरेका छन । चर्चामा रहेका औजी यस गित लगत्तै अन्य गित पनि बजारमा ल्याउने तयारिमा रहेको बताउछन । उनका दर्जनौ गित हरु हिट रहेका छन दार्चुलाका लम्बा रोड , मेरि माया सितलु छाया, ए रुपा पछि उनले फर्केर हेर्न परेको छैन ।

