कञ्चनपुर, फागुन ३०नेपाल मत्स विकास संघ कञ्चनपुरको अध्यक्षमा सुमन बोगटी भएका छन । शनिबार महेन्द्रनगरमा जिल्लाका माछा पालन किसानहरुको भेलाले अध्यक्षमा बोगटीलाई चयन गरेको हो ।
उपाध्यक्ष सरिता पौडेल(श्रेष्ठ), सचिव प्रकास साउद, कोषाध्यक्ष यम बहादुर खत्री, सदस्य सुरेन्द्र चौधरी, उद्धव बोहरा, नरेन्द्र भट्ट, हिक्मत चौधरी, दशरथ धानुक रहेका छन।
हरिराम चौधरीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । सदस्यमा ललित बहादुर सिह, रामदत्त भट्ट रहेका छन ।
नेपाल मत्स विकास संघ कञ्चनपुरको अध्यक्षमा बोगटी

