बुध, बैशाख २३, २०८३

रेटिनाले ईन्टरनेशल विद्यालयको १५औँ बार्षिकोत्सव


कञ्चनपुर, फागुन ३०कञ्चनपुरको एक निजी विद्यालयले आफ्नै भवनबाट बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रेटिना ईन्टरनेशनल माध्यामिक विद्यालयले यस बर्षदेखि आफ्नै भवनमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

यस अघि विद्यालयले १४औँ बार्षिकोत्सवसम्म भाडाकै भवनमा मनाउँदै आएको थियो । यसै ०८२ शैक्षिक सत्रदेखि नयाँ भवनमा पठन पाठन गरेको रेटिनाले १५औँ बार्षिकोत्सव आफ्नै आधुनिक भवनबाट मनाएको जनाएको छ । रेटिना ईन्टरनेशनल माध्यामिक विद्यालयका प्रिन्सिपल तिलक भट्टले १५औँ बार्षिकोत्सव आफ्नै भवनबाट मनाउन सफल भएको बताए ।

कार्यक्रममा बार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल भट्टले पछिल्ला दिनहरुमा विद्यालयले शैक्षिक तहदेखि स्तर बृद्धि गर्दै गएको बताए । प्रिन्सिपल भट्टले ढिलोगरी मावि तहको कक्षा अनुमती पाएको बताउँदै निकट भविष्यमै प्लस टु कक्षा ११, १२मा विज्ञानदेखिका विभिन्न संकायका कक्षा संचालन गरिने योजना रहेको बताए । ‘स्मार्ट विधीबाट हामीले अब पठन पाठन गछौँ, ‘उनले भने, ‘विद्यालयको चौतर्फि बृद्धि विकास हुन्छ ।

’ प्रिन्सिपल भट्टले शैक्षिक गुणस्तर कायम राख्ने विषयमा कुनै सम्झौता नहुने भएकाले विद्यालय अग्रमोर्चामा रहेको दावि गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुर ३बाट नवनिर्वाचित सासद ज्ञानेन्द्र सिह महताले शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यालयले अघि बढ्नुपर्नेमा जोडदिए । कार्यक्रममा शैक्षिक सत्र ०८१मा विद्यालय टपर छात्रा अभयराज विष्टलाई साईकल पुरस्कार वितरण गरिएको थियो ।

साथै उत्कृष्ठ विद्यार्थीलाई समेत पुरस्कार सम्मान गरिएको छ । विवित साँस्कृतिक एव कला साहित्यका कार्यक्रम गरिएका थिए । नयाँ भवनबाटै बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन पाएपछि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक हर्षित भएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, जनप्रतिनिधी सहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार