कञ्चनपुर, २८फागुन २१फागुन कञ्चनपुरमा स्वच्छ, निष्पक्ष, भयरहित शान्तिपूर्ण तरिकाबाट निर्वाचन सम्पन्न भयो । १हजार ६१०वर्ग किलोमिटरमा फैलिएको जिल्लाभरी १३२मतदान स्थलमा शान्तिपूर्ण निर्वाचन भयो । निर्वाचन आयोग, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, उम्मेदवार, मतदातादेखि आम सरोकारवाला निकायबाट आ–आफ्नो ठाँउबाट सकारात्मक भूमिका निर्वाह पनि गरियो ।
मतदान, मत गणनादेखि परिमाण सार्वजनिक घोषणा गरेर निर्वाचित सासद, धन्यवाद र उपनिर्वाचित उम्मेदवारदेखि दल फेरी चुनावी समिक्षा सहित आभार प्रकट गर्न क्षेत्रमा खटिएका छन । निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा २÷२स्वयम सेवक राख्नेदेखिका आवश्यक २५हजार ८सय रुपैया बजेट दियो । तर दिनभर काम गरेका स्वयम सेवकले पारिश्रमिक नपाउनेदेखि कम पाएको पाएपनि १वा २दिनको मात्रै पाएको, पुरै रकममा हस्ताक्षर गराएर कमै पाएको व्यापक गुनासो आईरहेको छ ।
निर्वाचन सम्पन्न भएको साता वितिसक्दा पनि स्वयम सेवक पारिश्रमिक पाएका छैनन । कतिपय मतदान अधिकृतहरुले नक्कली आफन्तका नाम राखेर स्वयम सेवकको रकम समेत कुल्याएको गुनासो आईरहेको छ । क्षेत्र ३ भीमदत्त नगरपालिका १६बसन्तपुर नगरपालिका मतदान स्थलमा खटिएका एक स्वयम सेवकले साता वितिसक्दा पनि रकम पाएका छैनन । उनलाई दुई दिनको मात्रै रकम दिन खोजेपछि बुझ्न मानेका छैनन । क्षेत्र १ बेलडाँडी १कालिका आवि मतदान स्थलमा खटिएका स्वयम सेवकलाई २दिनको दिन खोजेपछि रकम बुझेका छैनन । यो त उदाहरण मात्रै हो, जिल्लाभरी ३सय ६२मतदान केन्द्रका अधिकाँस केन्द्रमा स्वयम सेवकको रकम, मतदान केन्द्र निर्माण, ढुवानीदेखि विवित समाग्री खरिदमा घोटाला गरेको विषय उठान भईरहेको छ ।
नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भटटले भ्रष्टाचार अन्त्य गर्ने विषय निर्वाचनकै दिनदेखि शुरु भएको बताए । उनले निर्वाचनमा खटिएका कर्मचारीबाट स्वयम सेवककै पारिश्रमिकमा लुट मच्चाउने कामले देशमा सुशासनको होईन झन कुशासनको संकेत मिलेको बताए । नागरिक समाज कञ्चनपुरका अगुवा प्रभुनिधी पन्तले दिनभरी काम गराएर स्वयम सेवकको पारिश्रमिक खाने कार्य दुखत विषय भएको बताए ।
मजदुर अगुवा पदमराज जोशीले यसरी दिनभरी काम गराएर स्वयमसेवकको पारिश्रमिक घोटाला गर्ने कार्य श्रम शोषण भएको बताएको बताए । उनले ढिलै भएपनि पारिश्रमिक दिनुपर्ने सुझाव दिएका छन । कञ्चनपुर निर्वाचन अधिकृत दामोदर घिमिरेले विभिन्न मतदान केन्द्रमा स्वयमसेवकले रकम नपाएको गुनासो आफुलाई पनि आएकाले यस बारेमा आफुले पनि सिडियोलाई जानकारी गराएको बताए ।
मृुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले स्वयम सेवकले पारिश्रमिक नपाएको विषयमा बुझ्ने बताए । स्वयम सेवककै पारिश्रमिक घोटाला गर्ने मतदान अधिकृत कर्मचारीको नियतमाथि अहिले प्रशन उठिरहेको छ । यसरी मतदान केन्द्रमा खटिएका स्वयमसेवकदेखि मसलन्द समाग्री खरिदमा हुने घोटाला बारे अख्तियार समेत मौन भएकाले नागरिक थप सशकित भएका छन ।

