आइत, असार ७, २०८३

पुर्नवास महोत्सव’ शुरु


कञ्चनपुर, २५फागुन कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास महोत्सव शुरु भएको छ । डेढ दशकपछि ६५विगाह क्षेत्रफल जमिन आईबिआरडीमा दोस्रो पुर्नवास महोत्सव शुरु भएको हो । पुर्नवास उद्योग वाणिज्य संघको आयोजनामा ‘हाम्रो पुर्नवास राम्रो पुर्नवास’ मुल नारा अघि सारेर सोमबारदेखि शुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका बीर बहादुर थापा(पातल)ले उद्घाटन गरेका छन ।

भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल)ले महोत्सव उद्घाटन गर्दै महोत्सवबाट यस क्षेत्रको बृद्धि विकासमा टेवा पुग्ने बताए । मन्त्री थापाले महोत्सव सफल पार्नका लागि मन्त्रालयबाट सहयोग गर्ने आश्वासन दिएका छन । पुर्नवास नगरका मेयर तोय प्रशाद शर्माले महोत्सवबाट स्थानीय किसानले उत्पादन गरेका कृषि उपज खपतमा जोडदिएका छन ।

पुर्नवास उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार राईमाझीले स्थानीय क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष राईमाझीका अनुसार पुर्नवास नगरपालिका ओम श्री डेन्टल धनगढी, भागेश्वर चिनी उद्योग सहितका सरकारी, निजी क्षेत्रको प्रर्बद्धन रहेका छन । अध्यक्ष राईमाझीले डेढ दशक पछि पुर्नवासमा हुन लागेको दोस्रो महोत्सवले क्षेत्रको आर्थिक, कृषि, व्यवसायिक विकास हुने दावि गरेका छन ।

‘यस क्षेत्रको कृषि, पर्यटन, धार्मिक, समाजिक क्षेत्रको प्रर्बद्धनका लागि महोत्सव संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महोत्सवबाट पुर्नवास चिनाउने ऐतिहासिक प्राकृतिक प्यारातालको अवलोकन गराएर प्रचारप्रसार गरिनेछ ।’ १सय १५ स्टलमा विभिन्न व्यवसायिकदेखि घरेलु उद्यम राखिएका छन । महोत्सव भित्र पश्चिम नेपालका थारु समुदायको स्टल राखिनेछ ।

स्थानीय मौलिक खाने परिकारदेखि कृषि उपज उद्यम प्रर्दशन गरिएको छ । महोत्सवभित्र बाल उद्यान सहित स्थानीय राष्ट्रिय कलाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुती हुनेछन । पुर्नवास उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भरत विष्टले स्थानीय क्षेत्रको पहिचान गर्दै यहाँ रहेका प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक सहिद गोबिन्द गौतमको मातृभूतिका लागि देखाएको साहस सहितका कार्यक्रम संचालन गरिने बताए ।

पुर्नवास उद्योग वाणिज्य संघका महासचिव दाउत तामाङ्गले महोत्सवमा झण्डै डेढ लाखले अवलोकन गर्नेदेखि लाखौको कारोबार हुने बताए । अब धनगढी, महेन्द्रनगर सहितका ठुला शहर बजारमा मात्रै लाग्ने महोत्सवमा दक्षिणका दर्शकलाई पुर्नवास भित्र्राउने बताए ।

महोत्सव अवलोकनका लागि शुल्क सहितको सिजनल पास, साधारण सय, विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ । जेष्ठ नागरिकलाई विशेष ग्राह्यता दिईने छ । महोत्सव ५चैत्रसम्मै संचालन हुनेछ । महोत्सव अवलोकनका लागि आयोजकले आग्रह गरेको छ । १५ बर्षपछि गाँउमै महोत्सव हुन थालेपछि स्थानीय दर्शक, व्यवसायिक, कलाकार उत्साहित भएका छन ।

सम्बन्धित समाचार