बिहि, जेष्ठ २१, २०८३

चुनाव जितेपछि धामी किसान नेता भीमदत्त पन्तको सालिकमा माल्र्यापणदेखि मतदाता माँझ


कञ्चनपुर, २५फागुन पहिलो प्रयासमै सासद बनेका रास्वपाका युवा नेता जनक सिह धामी अहिले मतदाताहरुलाई धन्यवाद दिदै हिडेका छन ।

कञ्चनपुर १बाट निर्वाचित भएका धामीले क्षेत्रका मतदाताको घरदैलोमा पुगेर धन्यवाद, अभार प्रकट गरिरहेका हुन । जसरी मत माग्न घरदैलोमा पुगे, त्यसरी नै उनी धन्यवाद आभार प्रकट गर्दै चुनावी बाचा पुरा गर्ने सकल्प लिएका हिडेका छन । निर्वाचित लगत्तै बेलौरीमा रहेको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्र्यापण गरेर जनताको घरदैलोमा पुगिरहेका छन ।

साढे तीन दशका राजनीतिमा होमिएका धामी चुनावी मैदान टेकेकै बेला सिधै सासद भएका छन । बेलडाँडी गाँउपालिका ४वैवाहका नवनिर्वाचित सासद धामीलाई अहिले मतदाता कहाँ पुगेर आभार प्रकट गर्न भ्याईनभ्याई भईरहेको छ ।

मतदाता(जनता)हरुले समेत विगत ३१ बर्षसम्म राजावादी, काँग्रेस, कम्युनिष्ट, मधेशवादी जस्तो नभई देश र क्षेत्रका जनताको भावना अनुरुप कामकाज गर्न सुझाव दिईरहेका छन । जनक धामीले २४ हजार ३३२मत ल्याएका थिए ।

सम्बन्धित समाचार