कञ्चनपुर, २५ फागुन कञ्चनपुरमा प्रत्यक्ष तर्फको मत गणना चालिस घण्टा भित्रै सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले मतदान सम्पन्न भए लगत्तैबाट मत गणना शुरु गरेर ४८घण्टा भित्रै परिमाण सार्वजनिक गर्ने घोषणा गरेको थियो । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा औषत ४०घण्टामा मत गणना सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले मतदान सम्पन्न भएकै दिन २१फागुनको तीनै निर्वाचन क्षेत्रमा मत गणना शुरु गरिएको बताए । ‘हामीले मतदान भएकै दिन राती १बजेदेखि तीनै क्षेत्रमा मत गणना शुरु गरेका थियौँ, ‘मुख्य निर्वाचन अधिकृत भण्डारीले भने, ‘दोस्रो दिनमै मत परिमाण घोषणा गर्न सफल भएका छौँ, तीनै निर्वाचन क्षेत्रमा निर्वाचित प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र वितरण गरिसकेका छौँ ।
’ २१ फागुन मध्यरातदेखि शु्रु भएको मत गणना २३ मध्यरातमा सम्पन्न भएको थियो । क्षेत्र २को दिउँसै, १ र ३को मध्य रातमा सम्पन्न भएको थियो । १लाख, ८०हजार १सय ११मत गणना गर्न औषध ४०घण्टा लगाईएको छ । क्षेत्र १मा १लाख १ हजार ७२४ मतदाता मध्ये ६० हजार ७८५, क्षेत्र २मा १लाख, ९हजार ५७४मध्ये ६१हजार, ११७ र क्षेत्र ३मा १लाख ३ हजार ८७मा ५८हजार, ५४६मत खसेका थिए । क्षेत्र १मा मतदान अधिकृत दामोदर अर्याल, क्षेत्र २का मतदान अधिकृत प्रकास भण्डारी, मुख्य समेत रहेका क्षेत्र ३का निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले प्रत्यक्ष तर्फ मतदान सकिएर निर्वाचित प्रतिनिधीलाई प्रमाणपत्र वितरण गरिएको बताएका छन ।
साथै समानुपातिक तर्फ पनि २दिनभित्रै परिमाण घोषणा गर्ने जनाएका छन । तीनै निर्वाचन क्षेत्रमा मतदान, मतगणनादेखि घोषणा कार्यक्रम शान्तिपुर्ण तरिकाकाले सम्पन्न भएको भन्दै सरोकारवालाहरुमा आभार प्रकट गरेका छन ।

