बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुर–१ मा नयाँ इतिहास : बेलडाँडीका जनक धामी भारी मतसहित सांसद


कञ्चनपुर।कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता जनक सिह धामीले जितेका छन् । रास्वपाका नेता धामीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाकी बीना मगरलाई दोब्बर बढी मतले हराउँदै निर्वाचित भएका हुन । धामीले मगरलाई १३ हजार २२२ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन्् ।

धामीले २४ हजार ३३२, मगरले ११ हजार ११०, काँग्रेसका गोपी प्रशाद उपाध्यायले ८ हजार ४६०, एमालेका तारालामा तामाङ्गले ८ हजार ८८मत ल्याए । नेकपा विप्लव माओवादीका पुरन रानाथारुले २४८मत ल्याए।सांसद बन्नका लागि पहिलो पटक चुनावी मैदान टेकेका धामीले यस अघि ०६४मा जितेका राना, ०७४ मा जितेका बिना मगर, ०७९मा जितेका तारालामा तामाङ्ग सहितका १८उम्मेदवार उछिन्दै भारी मतका साथ निर्वाचित भए ।

०७९मा भएको निर्वाचनमा एमालेका तामाङ्गले पनि २४ हजारकै हाराहारीमा मत ल्याएका, अहिले त्यहीमत रास्वपातिर ट्रान्सफर भएको पाईन्छ । दोस्रो पटक चुनाव लडेका राप्रपाका डिल्ली शाहीले १ हजार ५६०, जनमोर्चाका राजाराम चौधरीले ३९६, नेककिपामा कटक बहादु शाहीले ३४, प्रलोपाका देपेन्द्र बहादुर शाहीले ३६, मंगोल अर्गनाईजेशनका हुम बहादुर गुरुङ्गले ४६, संयुक्त नागरिक पार्टीका दानियल विकले ३६, मितेरी पार्टीका सिताराम रानलो १२, उज्यालो नेपाल पार्टीका माईकल तामाङ्गले ७५९, नाउपा नेपालका कृष्ण बहादुर चौधरीले ९६७, आम जनता पार्टीका सिता विकले ८७, स्वतन्त्र सिता विष्टले ६०८, यादव सिहले १६८, अनिल रानाले ७६, सिता विकले ८७ र मञ्जुदेवी सुनारले २० मत ल्याएका छन् ।

पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका नेता धामी पुर्वमन्त्री बीना मगर, पुर्व सांसद तारालामा तामाङ्ग, पुरन रानासंग चुनावी मैदानमा होमिएका थिए । क्षेत्र १ मा ५० हजार १२३ पुरुष, ५१ हजार ५८८ महिला गरेर १ लाख १ हजार, ७२४ मतदाता मध्ये ३३ हजार ४०३ पुरुष, २७ हजार ७६१ महिला गरेर कुल ६० हजार ७८५ मत खसेकाे थियाे ।

जसमध्ये ५७ हजार ५१ सदर र ३ हजार, ७३४बदर भएका थिए । निर्वाचन जिते लगत्तै नवनिर्वाचित सांसद जनक सिह धामीले क्षेत्रको विकासका कार्यक्रम अघि बढाउने प्रतिज्ञा गरेका छन् । जनताप्रति हार्दिक आभार प्रकट गर्दै धामीले क्षेत्रको विकास, देशको सेवादेखिका जनहितका कामकाजमा कटिबद्ध भएर लाग्ने प्रण गरेका छन् ।

केन्द्रीय सांसद बन्ने बेलडाँडीबाट धामी पहिलो

रास्वपाले कञ्चनपुर १बाट सिट जितेसंगै जनक सिह धामी बेलडाँडी गाँउपालिकाबाट केन्द्रीय सांसद बन्ने पहिलो नेता बनेका छन् । क्षेत्र १मा चार पालिका रहेका छन् । बेलडाँडी सहित लालझाडी गाँउपालिका, पुर्नवास र बेलौरी नगरपालिका रहेका छन् । ०४८देखि ०७९सम्म झण्डै ३१ बर्षका विचमा भएका निर्वाचनमा क्षेत्र बाहिरदेखि पुर्नवास, बेलौरी क्षेत्रबाट सांसद हुँदै आएका थिए ।यस पटक भने बेलडाँडी ४ वैवाहका स्थानीय धामी सांसद बनेर बेलडाँडीको ईतिहास राखेका छन् ।

क्षेत्र १ ले जहिल्यैको निर्वाचनमा नयाँ नेतालाई मात्रै चान्स

कञ्चनपुर क्षेत्र १ को ईतिहासमा अहिलेसम्म पार्टी दोहोरिए पनि नेता दोहोरिएका छैनन् । ३१ बर्षे चुनावी ईतिहासमा दल दोहोरिएका तर नेता दोहोरिएका छैनन् । यस पटक पटक पनि जनताले रास्वपाका जनक धामीलाई छानेर नेता दोहोरिन नदिने क्रम निरन्तर जारी राखेका छन् ।

यस क्षेत्रमा काँग्रेस, एमाले, नेकपा (माओवादी) दुई-दुई पटक जितेका छन् । तर व्यक्ति भने फरक फरकले जितेका छन् । ०४८ मा काँग्रेसका बासुदेव भट्ट, ०५१ मा एमालेका राम कुमार ज्ञवाली, ०५६ मा काँग्रेसका तारणीदत्त चटौत, ०६४ मा माओवादीका पुरन राना (थारु), ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४ मा तत्कालिन माओवादी नेतृ हाल नेकपाकी उम्मेदवार बीना मगर र ०७९ मा एमालेका नेता एव हालका उम्मेदवार तारालामा तामाङ्गले जितेका थिए ।

०८२ मा रास्वपाका जनक सिह धामीले जितेका छन् । क्षेत्र १ ले एक पटक एकलाई काम हेरेर मुल्याङकन गर्दै हराउँदै आएको छ । एक पटक जितेर फेरी पराजित भएका ०६३ मा पुरन राना, ०७० मा दिवान सिह विष्ट, ०७४ मा बिना मगर र ०७९ मा तारालामा तामाङ्ग जिते पनि दोस्रो, वा तेस्रो पटकमा पनि सफल भएका छैनन् । यसले क्षेत्रका जनताले आफुले जिताएर पठाएका जनप्रतिनिधीको कामको मुल्याङ्गकन गर्दै आएको देखिन्छ ।

विद्यार्थी नेता, पत्रकार शिक्षक, बैदेशिक यात्रा, किसानदेखि सांसदसम्मै

कञ्चनपुर १ बाट चुनाव जितेका रास्वपा युवा नेता जनक सिह धामी पुर्व विद्यार्थी नेता, पत्रकार, शिक्षक, दक्षिण कोरिया बैदेशिक यात्रा, अहिले व्यवसायिक केरा खेती गर्दै आएका किसानदेखि सांसदसम्मैको जिम्मेबारीमा पुगेका छन् ।झण्डै साढे तीन दशक राजनीतिक समाजसेवीका जिवन सर्मपण गरेका जनक सिह धामी अहिले सांसद बनेका छन् ।

विद्यार्थीदेखि जनताको हक अधिकारका लागि खटिएका धामी विद्यार्थी जिवनकालपछि केही समय पत्रकारिता गरे, स्थायी शिक्षक बने । स्थायी शिक्षकको जागिर तिलान्जली दिँदै फेरी राजनीतिमा होमिए । त्यसपछिको केही समय बैदेशिक यात्रा दक्षिण कोरिया गए, त्यहाँबाट फर्किएर फेरी राजनीतिमा जोडिएसँगै व्यवसायिक केराखेतीमा जुटेसंगै अहिले रास्वपाबाट सांसद बनेका छन् ।

बहुदल पुर्नस्थापनाका लागि भएको ०४६ को जनआन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनाका लागि ०६२/०६३मा भएको दोस्रो जनआन्दोनलमा संघर्ष गरेका धामी अहिले पहिलो प्रयासमा सांसद बनेका छन् । तत्तकालिन नेवि संघ, काँग्रेसी राजनीतिमा सकृय धामीलाई उतिबेला काँग्रेसले जिम्मेबारी नदिएपछि बैदेशिक रोजगारी दक्षिण कोरिया गएका धामी उता विदेशको सुविधा छाडेर फेरी मातृभूमि टेकेका धामीलाई साढे तीन दशक राजनैतिक संघर्षको फल पाईएको छ ।

मातृभूमि टेकेका धामी यतिकै खाली हात कोरा भाषण हान्न उनलाई फिटिक्कै मन परेन । उनी कृषि उद्यमतिर जुटे । पुनर्वास नगरपालिकामा व्यवसायिक केरा खेती गरिरहेका किसान उद्यमी धामी अहिले देशको नीति, निर्माण, सुशासनका लागि भन्दै चुनावी मैदानमा दौडिएका थिए ।

०६४मा तत्त्कालिन नेकपा माओवादीकबाट पहिलो संविधान सभा जितेका पुरन रानाथारु, ०७४ मा प्रतिनिधी सभा सदस्य जितेर खानेपानीमन्त्री भएकी नेकपाकी उम्मेदबार बीना मगर, ०७४ मा प्रदेश र ०७९ मा प्रतिनिधी सभा सदस्य जितेका एमालेका तारालामा तामाङ, जो सुप प्रदेशका आर्थिक मामिलामन्त्री पनि भए ।

साथै आफ्नै पुरानो दल काँग्रेसका उम्मेदवार, पुर्व सहकर्मी गोपी प्रशाद उपाध्यायसंग चुनावी मैदानमा होमिए । समाजसेवी सरल स्वभावका धामीको काँग्रेसको क्षमता चिनिने, बरु उल्टै हरेक हरेक निर्वाचनमा काँग्रेसले उपेक्षा गर्दै आएका तिनै पात्र अहिले रास्वपाबाट पहिलो प्रयासमै सांसदको यात्रा सफल भयो ।

सम्बन्धित समाचार