महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख (मेयर) रणबहादुर महराको गृह वडामा एमालेको जमानत जफत भएको छ। शुक्लाफाँटा-१० एमालेबाट निर्वाचित नगर प्रमुख महराको गृह वडा हो।
यस वडामा खसेको कुल सदर मत १ हजार ६ सय ८९ मध्ये एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बचनबहादुर सिंहले मात्र ७५ मत प्राप्त गरेका छन्। जमानत जोगाउन कम्तीमा १ सय ६८ मत आवश्यक पर्ने भए पनि उनले आवश्यक मत ल्याउन सकेनन्।
वडा नम्बर १० मा सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपकराज बोहराले प्राप्त गरेका छन्। उनले १ हजार १७ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले २ सय ५३ मत प्राप्त गरेका छन्।त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव पन्तले १ सय २१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तिर्थराज चटौतले ४६ मत पाएका छन्।

