कञ्चनपुर, २३ फागुन कञ्चनपुर निर्वाचन क्षेत्र १मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार जनक सिह धामी दोब्बर बढी मतले अग्रता बढाउँदै गएका छन । शुरुवात चरणदेखि अग्रतामा रहेका धामीले पुनर्वास, बेलडाँडीपछि बेलौरी पुग्दा दोब्बर बढी अग्रता लिएका हुन ।
पछिल्लो मत गणना अनुरुप ३२ हजार ४३१मत गणना हुँदा धामी सबैभन्दा अग्र स्थानमा फराकिलो मतान्तरले अघि बढिरहेका छन । धामीले नेकपाकी उम्मेदवार बीना मगरलाई ९हजार २४५मतको अन्तरले मतान्तर निरन्तर बढाईरहेका छन । धामीले १४ हजार ४४६, मगरले ५हजार २०१,एमालेका तारालामा तामाङ्कले ४हजार ९४६, नेपाली काँग्रेसका गोपी प्रशाद उपाध्यायले ४हजार ९२५, राप्रपाका डिल्ली शाहीले ९८६, विप्लव नेतृत्वको नेकपा माओवादीका पुरन रानाले १८३मत पाएका छन ।
पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका नेता धामी पुर्वमन्त्री बीना मगर, पुर्व सासद तारालामा तामाङ्क, संविधान सभा सदस्य पुरन रानासंग चुनावी मैदानमा होमिएकमा छन । क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६१हजार ७४अर्थात ५९.७९प्रतिशतले मतदान गरेका थिए ।

