आइत, असार ७, २०८३

कांग्रेसका दुवै महामन्त्रीको लजास्पद हार


काठमाडौं: बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा अभूतपूर्व जनलहर देखिएको छ भने कांग्रेस,एमाले र नेकपा रक्षात्मक अवस्थामा पुगेका छन्।

यसअघि कांग्रेस र एमालेका गढ मानिने निर्वाचन क्षेत्रहरूमा रास्वपाले सहज जित निकालेको छ । काठमाडौं उपत्यकाका सबैजसो क्षेत्रमा रास्वपा अग्रस्थानमा छ।काठमाडौं १, ३, ४, ५, ६, ७ र १० मा विजय हासिल गरिसकेको छ।

बाँकी क्षेत्रमा अग्रस्थानमा छ। कास्कीका दुई क्षेत्रमा रास्वपाले जित निकालिसकेको छ। अहिलेको निर्वाचनमा रास्वपाको एक्लौटी बहुमत आउने निश्चित भइसकेको छ।रास्वपाको लहरले प्रायः हेभीवेट मानिएकाहरु लगातार रुपमा पराजित हुन थालेका छन्।

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति गगन थापा समेत रेडजोनमा पुगेको अवस्था छ।

सम्बन्धित समाचार