एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्लले एक हजार १४३ मतान्तरको अग्रता कायमै राखेका छन्।
७०२७ मत गणना गर्दा नेकपाका मल्लले २८५१ मत ल्याउँदा रास्वपाका ललित कुमार चन्दले १४२७ मतसहित पछ्याइरहेका छन्। यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले १०४२ र एमालेका गुलाब जंग शाहले ८०९ मत प्राप्त गरेका छन्।
जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत अर्थात ८४ हजार २०१ मत खसेको छ। जसमा महिला ४६ हजार ९५९ र पूरुष ३७ हजार २४२ जनाले मत हालेका छन्। जिल्लामा ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदाता छन्।

