शुक्र, जेष्ठ २२, २०८३

चितवन २ : रवि लामिछाने झण्डै १४ हजार मतान्तरले अगाडि


चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झण्डै १४ हजार मतले अगाडी छन्।लामिछानेले १९ हजार ६८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ५ हजार ८१० मत पाएकी छिन्।

यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ४ हजार ८५६ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले २ हजार ६७८ मत ल्याएका छन्।

हालसम्मको मत परिणामअनुसार लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा फराकिलो मतान्तर कायम गरेका छन्। चितवन–२ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार