शुक्र, जेष्ठ २२, २०८३

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ पुनः विजयी


काठमाडौँ: क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ पुनः निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै दोस्रो पटक जित हासिल गरेका हुन्, जसको जानकारी निर्वाचन आयोगले दिएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे। नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी २ हजार ८३५ मतसहित तेस्रो स्थानमा रहिन् भने नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उम्मेदवार राजेश शाक्य १ हजार ९०९ मत ल्याउँदै चौथो स्थानमा परे।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचन ९नेपाल०मा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी त्यसपछि केही समयका लागि युवा तथा खेलकुद मन्त्रीसमेत बनेका थिए।

सम्बन्धित समाचार