देशभर बिहीबार सम्पन्न मतदानको गणना जारी छ । मध्यरातदेखि नै अधिकांश स्थानमा सुरु भएको गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सानदारका साथ अग्रता कायम गरिरहेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टी देशभर तीन स्थानमा मात्र अग्रस्थानमा छ ।
जसमा रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड, महेन्द्रबहादुर शाही कालीकोट १ बाट र म्याग्दी १ बाट अर्जुनबहादुर थापा अग्रस्थानमा छन् । अरू अधिकांश ठाउँमा नेकपाको स्थान चौथोमा छ ।

