कञ्चनपुर, फागुन २१ चुनावमा अन्तरघात गर्ने पाटीका उम्मेदवार हराउन न्वारनको बल प्रयोग गर्ने नेकपा नेता हरिस ठकुल्ला(कमल क्षेत्री)लाई कार्बाही गरिएको छ ।
नेपाली कम्युनिष्ट पाटी(नेकपा) ले कञ्चनपुरका नेता हरिस ठकुल्ला(कमल क्षेत्री)लाई कार्बाही गरेको हो । नेकपा क्षेत्र २का स्थानीय नेताहरुले चरम क्षेत्रीय चिन्तन रहेका नेकपा नेता ठकुल्लाले आफ्ना उम्मेदवार हराउन शुरुवाती चरणदेखि षड्यन्त्र गरेको भन्दै पाटीले पाटीबाट निष्कासन गरेको जनाएको छ ।
०६५मा सम्पन्न भएको निर्वाचनमा पाटीका सबै तहतप्का तिनै ठकुल्ला जिताउन लागेपनि अहिले ठकुल्ला क्षेत्रीय राजनीतिमा रमाएपछि आफ्नो कर्मले आफै कार्बाहीमा परेका छन । ठकुल्लाले सेती महाकाली चरम क्षेत्रीयता गर्ने गरेको भन्दै उनीमाथि गम्भिर आरोप छ ।

