शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुर १ : खस्यो ६१ हजार बढी मत, मतगणनाको लागि तयार छ बेलौरी ४ को सभाहल


बेलौरी – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को मतदान सकिए लगत्तै मतगणनाका लागी बेलौरी नगर पालिका ४ को सभाहल तयार । आज बिहानै बाट सुरु भएको मतदान सकिएको छ ।

मयदान सकिए लगत्तै क्षेत्र नम्बर १ का ५२ मतदान स्थलबाट मतगणनाका लागि मतपेटिका ओसारिदै छ । मतगणना गर्न बेलौरी नगरपालिका ४ को सभाहलको सबै तयारी पूरा भएको छ । सबै ठाउँको मतपेटिका पुगेपछि सर्वपक्षीय बैठक बसे पछि आजै रातीबाट मतगणना हुने तयारी गरिएको छ ।निर्वाचन कार्यालय कार्यालयको प्ररम्भिक विवरण अनुसार ६१ हजार ७४ मत खसेको छ ।

जसमा ३३ हजार ४ सय ३ महिला र २७ हजार ६ सय ७१ पुरुष रहेका छ्न । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यो क्षेत्रमा १९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमा ४ स्वतन्त्र छन भने १५ जना राजनीतिक दलबाट उम्मेदवार रहेका छन ।

यो क्षेत्रबाट नेकपा एमाले बाट २०७९ को निर्वाचनमा बिजयी भएका तारालामा तामाङ ,नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर ,नेपाली काङ्ग्रेस बाट गोपि प्रसाद उपाध्याय ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायतका १९ उम्मेदवार रहेका छ्न ।

सम्बन्धित समाचार