शुक्र, जेष्ठ २२, २०८३

नेकपा कञ्चनपुर ३का उम्मेदवार मान बहादुर सुनारद्वारा जिताउन अपिल


कञ्चनपुर नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर ३का उम्मेदवार मान बहादुर सुनारले आफुलाई जिताउन अपिल गरेका छन ।

सोमबार गड्डाचौकीमा चुनावी कोण सभा सम्बोधन गर्दैै नेकपा उम्मेदवार सुनारले आफुलाई जिताउन अपिल गरेका हुन । राष्ट्र, राष्ट्रियता, क्षेत्रको दीगो विकास, सम्बृद्धिका लागि एक पटक नेकपाको चुनाव चिन्ह तारामा मतदान गरिदिन अपिल गरेका छन ।

सुनारको पक्षमा पछिल्ला दिनहरुमा जनलहर बढिरहेका बेला स्वयम उम्मेदवार सुनारले समेत आग्रह गरेका छन । सुनार जिताउन नेकपा नेता कार्यकर्ताहरु युद्धस्तरमा खटिएका छन ।

सम्बन्धित समाचार