शुक्र, जेष्ठ २२, २०८३

बैतडी नेकपा उम्मेदवार जिताउन जेन्जीदेखि एमाले काँग्रेसका युवा नेकपा प्रवेस


कञ्चनपुर, फागुन १८ नेपाल कम्युनिष्ट पाटी(नेकपा) बैतडीका उम्मेदवार प्रमानन्द भट्ट जिताउनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, जेनजीदेखि स्वतन्त्र युवाहरु नेकपा प्रवेस गरेका छन ।

सोमबार चुनावी अभियानकै सिलसिलामा नेपाली काँग्रेस, नेकपा एमाले, जेनजीदेखि स्वतन्त्र युवाहरु नेकपा प्रवेस गरेका हुन । नेकपा बैतडीका नेता भाष्कर बडूले चुनावी अभियानकै सिलसिलामा जेन्जी युवादेखि एमाले, काँग्रेसका नेता कार्यकर्ता नेकपा प्रवेस गरेको बताए ।

नेकपा नेता बडूका अनुसार एमालेबाट धौले विक, रञ्जित लुहार, प्रताप पार्की, काँग्रेसबाट रविराम लुहार, सञ्जु लुहार, नेजजी युवा विबिता सार्की, स्वतन्त्र देव कार्की, रञ्जित सार्की, गोबिन्द लुहार, बिरेन्द्र सार्की रहेका छन । उनीहरुलाई नेकपा नेताहरुले स्वागत गरेका छन ।

सम्बन्धित समाचार