बैतडी नेपाली कांग्रेस परित्याग गर्दै बैतडी पूर्व जिल्ला कार्यसमिति सदस्य तथा दलित संघका केन्द्रीय सदस्य मनिलाल वि.क. (मनोज) को नेतृत्वमा ठूलो समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ ।
कांग्रेसमा सक्रिय भूमिकामा रहेका वि.क. पछिल्लो राजनीतिक परिस्थिति र संगठनप्रति बढ्दो असन्तुष्टिका कारण नेकपा रोजेर प्रवेश गरेको बताइएको छ ।
उनको नेतृत्वमा पार्टी प्रवेश गर्नेमध्ये कल्लो पार्की, लोकेन्द्र पार्की, भरत पार्की, रोशन पार्की, नरेन्द्र लुहार, प्रताप लुहार, नरे लुहार, कमल चुनारा, धन्नो लुहार, मञ्जु चुनारा, पार्वती लुहार, जिल्धरा लुहार, ढुंग्रा लुहार, विन्ता लुहार, लक्ष्मी लुहार, नरमा लुहार, हिरा लुहार, कमला लुहार, ऐता पार्की, शान्ति चुनारा, परे लुहार र किशन बोहरा रहेका छन् ।
यससँगै नेकपा एमाले परित्याग गर्दै रञ्जित बोहराले पनि नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमका क्रममा नयाँ आवद्धता जनाउने सबैलाई नेकपाका स्थानीय नेतृत्वले स्वागत गर्दै आगामी दिनमा संगठनलाई सुदृढ बनाउन सक्रिय भूमिकाको अपेक्षा व्यक्त गरेको छ ।

