आइत, असार ७, २०८३

बिस महिनापछि शिवनगर नहरमा पानी बग्यो


कंचनपुर, फागुन १४। कञ्चनपुरको बेलौरी शिवनगर नहर क्षेत्रमा बिस महिनापछि पानी बगेको छ । दुई बर्ष अघि चौधर नदीको वाढीले बेलडाँडी ५ ईमलियामा नहर भत्काएको थियो । भत्किएको नहर पुर्ननिर्माण भएपछि १४फागुन(बिहीबार)देखि निरन्तर पानी बगेको जनाएको छ । महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले नहर मर्मत भएसंगै पानी बगाएको बताए । अध्यक्ष थापाले अब झिलामिलादेखि शिवनगरसम्मका किसानले विगतको जस्तै सिँचाईका लागि नियमित पानी पाउनेछन ।

सम्बन्धित समाचार