कञ्चनपुर, फागुन १२ बैतडीमा सामुदायिक विद्यालय(सरकारी स्कुल)का शिक्षकहरु खुलेयाम एमालेको चुनाव प्रचारप्रसारमा जुटेका छन । सरकारी शिक्षकहरुले लाज पचाएर खुलेयाम एमाले उम्मेदवार दामोदर भण्डारीको प्रचारप्रसारमा खटिएका हुन ।
यसरी सरकारी शिक्षकहरु आचार संहिता विपरित दलका उम्मेदवारको चुनावी प्रचारप्रसारमा हिडेपनि बैतडीको निर्वाचन आयोगको कार्यालय चुपछाप बसेपछि आयोगमाथि पनि एमालेको प्रचारका छुट गरेको अन्य दलको आरोप छ ।
एमाले नेताहरुकै अनुसार पनि मेलौरी २ केदार मावि दुर्गास्थानमा कार्यरत प्रेमराज भट्ट सहितका शिक्षकहरु विद्यालयमा गयल भएर एमालेका उम्मेदवार भण्डारीको चुनावमा हिडेका छन ।
सामुदायिक विद्यालयका अन्य शिक्षकहरु अरु पाटीको प्रचारमा गयो भनेर हुईकुच्चा लगाउने एमाले गरिब जनताका छोराछोरी विद्यार्थीलाई पढाउन रोकेर खुलेयाम आफ्नै प्रचारमा हिडाउन थालेपछि त्यसको अभिभावकले समेत बिरोध गरिरहेका छन ।

