शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडीमा एमालेको झण्डा च्यातेर फालियो एमाले भन्छ, रास्वपा कार्यकर्ताले हो, रास्वपाले भन्यो, दाङमा आफ्नै कार्यकर्ताले च्यातेको जस्तो हो, हामीले होईनौँ


कञ्चनपुर, फागुन १२ कञ्चनपुरको बेलडाँडीमा नेकपा एमालेको झण्डा च्यातेर फालिएको छ । बेलडाँडी गाँउपालिका ४ चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको झण्डा च्यातेर फालिएको हो ।

गयराती ५÷६युवाहरुको समुहले पाटीको झण्डा च्यादै फालेको एमाले बेलडाँडीले जनाएको छ । एमाले बेलडाँडीका प्रेमराज खातीले हस्ताक्षर गरेको विज्ञप्तीमा रास्वपा कार्यकर्ताहरुले पाटी सम्र्पक कार्यालयमा ढुङगामुढा प्रहार गरेर पाटी अध्यक्ष केपी शर्मा ओली बिरुद्धमा नाराबाजी गरेको जनाएका छन ।

घटनाको घोर आपत्ति जनाउँदै एमालेले दोषि उपर कार्बाहीको माग अघि सारेको छ । यता रास्वपाले एमाले हार्ने बेला अनेकन प्रपोगाण्डा मच्चाउँदै जित्नेपाटीमाथि आरोप लगाउन पक्केको बताएको छ ।

केही दिन अघि दाङमा एमालेको झण्डा जलाउने एमालेकै कार्यकर्ता भएको जस्तै बेलडाँडीमा पनि आफै, आफ्नैले गरेको यस्ता निजकाम अरुमाथि आरोप लगाएर सहानुभुती बटुल्ने रास्वपाप्रति षड्यन्त्र रचेको दावि गरेको छ । रास्वपा बेलडाँडीका सभापति तेजसिह धामीको हस्ताक्षर गरिएको विज्ञप्तीमा एमालेको झण्डा च्याने काम पाटीका कुनैपनि नेता कार्यकर्ताहरुले नगरेको दावि गर्दै बदनाम गराउन एमाले आफै दुष्प्रचारमा लागेको दावि गरेको छ ।

सम्बन्धित समाचार