कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा जनप्रतिनिधी र कर्मचारीविचको झै झगडाले सेवाग्राही मारमा परेका छन । आइतबार गाँउपालिका उपाध्यक्ष शान्ति नाथ र प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण नाथविचको आपसी वाद विवादले सोमबारदेखि कार्यालयमा सेवा ठप्प भएपछि सेवाग्राही मारमा परेका हुन ।
उपाध्यक्ष शान्ति नाथले कार्यालय प्रमुखमाथि कार्यकक्षमै दुव्र्यवहार गरेको भन्दै कर्मचारीले सोमबार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन । भने, सेवाग्राही मारमा परेका छन । सेवा लिन कार्यालय पुगेका सेवाग्राहीले काँग्रेस सरकारलाई जिताएर पचुतो भईरहेको बताएका छन ।
सेवाग्राही दरशथ महरले पशु बिरामी भएपछि उपचारका लागि पशु सेवा शाखामा आएको तर, कर्मचारी, जनप्रतिनिधीको झै झगडाले सेवा बन्द भएपछि रित्तै हात फर्किएको बताए । सेवाग्राही अमर ऐरले पनि स्थानीय तह जनताको सेवा दिने थलो भन्दा पनि कर्मचारी, जनप्रतिनिधीको झै झगडा गर्ने थलोको रुपमा परिणत भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण विकले आफुलाई पटक पटक उपाध्यक्ष शान्ति नाथले आक्र्रमण गर्न खोजेकाले उनले आफ्नै कार्यकक्षमा बोलाउँदा पनि नगएको बताए ।
उपाध्यक्ष नाथ नाथले नागरिकता बनाउन आफ्नो कार्यकक्षमा आएकी मिना ओलीको समस्या बारे प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा बोलाउँदा नआएको बताईन ।
गरिब दलित सेवाग्राहीमाथि कर्मचारीले अपमान गरेको उनको दुखेसो छ । सरोकारवालाहरुले समेत एकै छानामुनी बसेर कर्मचारी, जनप्रतिनिधीले सेवा प्रवाह गर्नुपर्ने भएपनि झै झगडाले समस्या थपिदिएको बताएका छन । सेवा ठप्प पारेर आन्दोलन गर्नु भन्दा कानुनी र वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा जोडदिईएको छ ।

