कञ्चनपुर, फागुन नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि भीमदत्त नगरका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु नेकपातिर प्रवेस गरिरहेका छन ।
भीनपा ७ मा एमालेबाट धनसिह भण्डारी, कालु दमाई, मानसिह लुहार, हिरा ओखेडा र काँग्रेसबाट जला कामी पनि नेकपा प्रवेस गरेका छन । उनीहरुलाई नेकपा उम्मेदवार मान ब. सुनार, नेकपा नेता प्रकास रावलले टिका लगाएर पाटीमा भित्र्राउँदै अब युद्धस्तरमा नेकपा उम्मेदवार जिताउन खटिन आब्हान गरेका छन ।
यसैविच दोधाराचाँदनी नगरपालिका क्षेत्रका एमाले सहितका विभिन्न दलका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रवेस गर्न लागेका छन । ईतिहासमै पहिलो पटक दोधाराचाँदनीबाट नेकपाले मान बहादुर सुनारलाई सांसदका लागि अघि सारेको भन्दै दल परित्याग गर्दै नेकपामा प्रवेस गर्न लागेका हुन ।
नेकपा केन्द्रीय सदस्य प्रताप तिरुवाले दोधाराचाँदनी ९बाट एमाले परित्याग गरेर देवसर सुनार, मना कुमारी सुनार, पदमा सुनार, काली सुनार , दिलसरा सुनार, लाल कार्की सुनार मिना सुनार, किसन सुनार, बीर ब. सुनार, तुल ब. सुनार, भित्र सुनार, दुर्गा सुुनार, आसेफ सुनार, कल्पना सुनार, गोपी सुनार रहेका छन ।
नेकपा दोधाराचाँदनी युवा वाईसियल नगर अध्यक्षर््ा अर्जुन तिरुवाले दिनदिनै विभिन्न दलमा आबद्ध दलित समुदायबाट नेकपा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए ।

