शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुरमा चुनावी माहोल तात्दै उम्मेदवार, नेता कार्यकर्ताहरु गाँउगाँउमा


कञ्चनपुर, माघ २८ कञ्चनपुरमा चुनावी सरगर्मी बढिरहेको छ । २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका लागि ५५उम्मेदवार चुनावी मैदानमा होमिएका छन । दल सहित स्वतन्त्र उम्मेदवार मत माग्नका लागि तीनै क्षेत्रका गाँउबस्ती घरदैलोमा पुगिरहेका छन ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), विप्लव निकट नेकपा(माओवादी), राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), उज्यालो पाटी नेपाल, राष्ट्रिय जनमोर्चा सहितका दल, तिनका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन । बाचा सहित उनीहरु जनताको घरदैलोमा पुगिरहेका हुन । क्षेत्रको विकास सहितको एजेण्डा बोकेर दलहरु घरदैलोमा खटिएका छन ।

पुरानादेखि नयाँ विशुद्ध दलहरुका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार निरन्तर अहोरात्र चुनावमा खटिएका छन । पुन सांसदका लागि पुर्वमन्त्री बीना मगर, एनपी साउद, पुर्व प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, पुर्व सासद पुरन रानाथारु, तारालामा तामाङ्ग, डा. दीपक प्रकास भट्ट र पहिलो पटक जनक सिह, धामी गोपी प्रशाद उपाध्याय, माधव प्रशाद पन्त, बचन सिह, ज्ञानेन्द्र महता, हरि प्रशाद बोहरा, पूर्ण बहादुर चन्द, विष्णू प्रकास उपाध्याय सहितका उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

जिल्लाका ३निर्वाचन क्षेत्रमा १९दल सहितका ११ स्वतन्त्र गरेर ५५उम्मेदवार चुनावी मैदानमा होमिएका छन । पुरानैदेखि नयाँ एजेण्डा अघि सारेर दलहरु चुनाव आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रचारप्रसार समिति विस्तार, सम्पर्क कार्यालय संचालनमा ल्याईरहेका छन ।

जिल्ला, क्षेत्र, पालिका, वडादेखि बुथकेन्द्रसम्मै प्रचारप्रसार समिति बनाएर चुनावी तयारीमा जुटेका हुन । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(माओवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा संयुक्त, उज्यालो पाटी नेपाल, प्रगतिशिल पाटी सहितका दल, एव स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

तीन बर्ष अघि मात्रै ४ मंसिर ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेस, एमाले, नेकपाविचमै प्रतिस्पर्धा भएको थियो । चौथोमा रास्वपाले स्थान ल्याएको थियो ।

चौथोमा रहेको रास्वपाप्रति आकर्षण बढिरहेका बेला चारै दल कडा प्रंतिस्पर्धामा देखिएका छन । कञ्चनपुरमा १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला गरी कुल ३ लाख, २ हजार ५०९ मतदाता मध्ये, १ लाख, ८६ हजार ३२२ ले मतदान गरेका थिए ।

अधिल्लो चुनावको तुलनामा अहिले ११हजार, ९७६मतदाता मात्रै बढेका छन । ०८२मा आईपुग्दा १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन । मतदाताहरुले कसलाई रोज्लान भन्ने कौतुलहता जगाएको छ ।

सम्बन्धित समाचार