बुध, बैशाख २३, २०८३

ढोल्यामोडमा १३जन्ती अस्थाए


कञ्चनपुर, माघ २३ सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका सडक ज्यानमारामा परिणत भईरहेका छन । शुक्रबार मात्रै जन्ती बोकेको एक बस दुर्घटनाले समेत पहाडी सडक ज्यानमारामा परिणत भईरहेका हुन ।

बैतडीको पुचौडीबाट बझाङ्ग गईरहेको जन्ती बोकेको सुपप्र ०२–००१ख११११को बस अनियन्त्रित भई बैतडीको पुर्चौडी नगरपालिका ७ बडचोर ढोल्यामोडमा भित्री सडकमा मा बस दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

सडकबाट झण्डै डेढसय मिटर तल बस खस्दा शनिबार दिउँसोसम्ममा १३ जनाले ज्यान गुमाएका छन । चालक सहित ४९जना सवार मध्ये घटना स्थलमै ६ र बाकीको उपचारका क्रममा ज्यान गएको छ ।

बस चालक भीमदत्त नगरपालिका ७हल्दुखालका ४२ बर्षिया बिरेन्द्र बुडालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परेर बित्थडचिर गाँउँपालिका ७का केशवराज जोशी, अशोकराज जोशी, बसन्त जोशी, विष्णूदत्त जोशी, नरेशराज जोशी, केदारस्युका मोहन दत्त भट्ट, केशवराज भट्ट, जयपृथ्वी ७का बसन्तराज रतला, बित्थरचिर गापाका बिशनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, बैतडीको पुचौडी ७का पुष्पा अवस्थी, शुनिल जोशीले ज्यान गुमाएका छन ।

बझाङ्गकै नन्दलाल कोईराला, धनमती अवस्थी, बिर बहादुर धामीको उपचार भईरहेको र बाँकी पनि घाईते नै भएका छन। दुर्घटनाबाट बस समेत कच्याङकुचुङ भएको छ । घटनाको छानबिन भईरहेको बैतडी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार