आइत, असार ७, २०८३

एनपी साउद चौथो पटक संसद् पुग्ने दौडमा, कञ्चनपुरमा त्रिपक्षीय भिडन्त


कन्चनपुर,नेपाली काँग्रेसका नेता एनपी साउद चौथो पटक सांसदका लागि चुनावी मैदानमा होमिएका छन । कञ्चनपुर क्षेत्र रबाट चौथो पटक साउद चुनावी मैदानमा होमिएका हुन।

यस अघि ०४८ देखि ०७९ सम्म भएका निर्वाचनमा साउद ०५६, ०७० र ०७९मा तिन पटक जितेका थिए। ०४८ मा पनि कांग्रेसकै बासुदेव भट्ट निर्वाचित भएका थिए। भने, ०५१मा एमालेका भोजराज जोशी, ०६४मा माओवादीका देवीलाल चौधरी र ०७४मा एमालेका नर बहादुर धामी जितेकाथिए ।

३४ वर्षको चुनावी ईतिहासमा ७पटक भएको निर्वाचनमा ४ पटक कांग्रेस र ३ पटक कम्युनिष्टले जितेको क्षेत्रमा फेरी काँग्रेससंग कम्युनिष्ट र वैकल्पिक शक्तिहरु चुनावी मैदानमा होमिएका छन। उक्त क्षेत्रवाट ०४८, ०५६, ०७०मा कांग्रेस एक्लाएक्लै, ०५१मा एमाले, ०६४मा माओवादी एक्लै चुनाव जितेको थियो ।एमालेका नर बहादुर धामी। ०७९ मा कांग्रेस, ०७४मा माओबादी एमाले गठबन्धमा माओवादीबिचको गठबन्धनमा काँग्रेसका एनपी साउद निर्वाचित भएका थिए ।

कांग्रेसबाट पूर्वपरराष्ट्रमन्त्री एनपी साउद उम्मेदवार फेरी चुनावी मैदानमा होमिएका छन । उनलाई ठक्कर दिन एमालेका बचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का माधव पन्त, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा भारी हुने देखिएको छ । उनीहरुसंगै अन्य स्वतन्त्र सहित गरेर १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।शेरबहादुर देउवा निकट साउद बलियो उम्मेदवारकै रुपमा हेएिका छन ।

०५१मा तत्कालिन क्षेत्र ३, ०६४मा क्षेत्र २ र ०७४मा क्षेत्र ४बाट पराजित भएका एनपी अहिलेसम्म ६ पटक चुनाव लडेको ईतिहासमा ३पटक सफल ३ पटक असफल भएका छन । तैपनि चुनावी मैदान भने, छाडेका छैनन् । यसपटक साउद अघिल्लो सहितका तीनै जितलाई निरन्तरता दिनेप्रयासमा छन।साउद

यसअघि परराष्ट्रमन्त्री, शिक्षा राज्यमन्त्री र सिंचाइ मन्त्री बनिसकेका छन । मन्त्री भएका बेला क्षेत्रको विकास गरेको दावि गरिएको छ। नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले क्षेत्रको विकासका लागि एनपी साउद अहोरात्र खटिएको बताए ।उनले

क्षेत्रका ३०वटै वडाहरुमा प्रचारप्रसार समिति गठन, हरेक टोलमा गठन गरिएको बताए ।उम्मेदवार सहित गाँउका समस्यादेखि जनताका आवाज सुनिरहेको बताए । ‘

हामीले निरन्तर जनतासंग छौं, ‘उनले भने, ‘क्षेत्रको विकासका लागि कुनै कसर बाँकी राख्दैनौं ।’ क्षेत्र रमा १तेस्रो लिङ्गी ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ महिला गरेर १लाख, ९ हजारु ५७४ मतदाताले आफ्‌ना जप्रतिनिधी छान्नेछन ।

सम्बन्धित समाचार