शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुरका पूर्व विद्यार्थी नेता चुनावी मैदानमा ः को बन्ला सासद !


कञ्चनपुर, माघ २३ २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका पूर्व विद्यार्थी नेताहरु समेत चुनावी मैदानमा होमिएका छन । पुर्व विद्यार्थी नेताहरु विभिन्न दलदेखि स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा होमिएका हुन ।

विद्यार्थी पुष्टीभूमी भएर यस अघि नै सांसद,मन्त्री भईसकेका नेताहरु पनि चुनावी मैदानमा होमिएका छन । लामो समय विद्यार्थीको हकहितका लागि भन्दै विद्यार्थी संघ संगठनमा आबद्ध भएर राजनीतिमा होमिएका नेताहरु पनि यस पटक केन्द्रीय सांसदका लागि चुनावी मैदानका होमिएका हुन ।

क्षेत्र १, २ र ३मै जिल्लादेखि केन्द्रसम्मै विद्यार्थी संघ संगठनमा रहेर काम गरेका नेताहरु चुनावी मैदानमा होमिएका छन । क्षेत्र १मा पुर्व नेवि संघ कञ्चनपुरका जिल्ला सभापति गोपी प्रशाद उपाध्याय, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिह, क्षेत्र २मा अनेरास्ववियूका पुर्व कावा केन्द्रीय अध्यक्ष माधव पन्त, अनेरास्ववियूका केन्द्रीय सचिव बचन बहादुर सिह, अखिल क्रान्तिकारीका केन्द्रीय नेता हरिस बहादुर भट्ट र क्षेत्र ३बाट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य विष्णूप्रकास उपाध्याय चुनावी मैदानमा होमिएका हुन ।

क्षेत्र ३बाट पुर्व अखिल क्रान्तिकारीका नेता विष्णूप्रकास उपाध्याय(बिराट) पहिलो पटक नेकपा माओवादीबाट उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन ।क्षेत्र ३एमालेबाट दोस्रो पटक संसदको यात्राका लागि होमिएका डा. दीपक प्रकास भट्ट अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष हुन । भने पुर्व अनेरास्ववियु जिल्ला सदस्य कर्ण बहादुर चन्द नेकपा सयुक्तबाट चुनावी मैदानमा होमिएका छन ।

क्षेत्र ३ काँग्रेसबाट हरि प्रशाद बोहरा पनि पुर्व नेवि संघ नेता हुन । उनी चार दशकपछि विद्यार्थी राजनीतिमा होमिएका छन । अनेरास्ववियुका पुर्व केन्द्रीय सचिव सिह पनि नेकपा एमाले क्षेत्र २बाट उम्मेदवार भएका छन । यस अघि क्षेत्र २(क)बाट प्रदेश सासदमा लडेका सिह अब दोस्रो प्रयासमा केन्द्रीय सांसदकै यात्रामा होमिएका छन । अखिल क्रान्तिकारी विद्यार्थी नेता हुँदै पुर्व सांसदमन्त्री भएकी बीना मगर चौथो पटक सांसदका लागि चुनावी मैदानमा होमिएकी छिन ।

बीना मगर ०७०, ०७४, ०७९पछि ०८२ मा पनि चुनावी मैदानमा होमिएकी छिन । क्षेत्र १मै काँग्रेसबाट पुर्व नेवि संघकै पुर्व नेता जनक सिह धामी रास्वपाबाट उम्मेदवार बनेका छन । पुर्व नेवि सघका केन्द्रीय अध्यक्ष समेत रहेका एनपी साउद ०५६, ०७०, ०७९ मा जितेपछि सासद, मन्त्री हुँदै फेरी चौथो पटक चुनावी मैदानमा होमिएका छन ।

पुर्व विद्यार्थी नेता हुदै सांसद मन्त्री बनेका मगर, साउद, भट्ट सहितका पुर्व विद्यार्थी नेता चुनावी मैदानमा होमिएपछि उनीहरु मत माग्न विद्यार्थीमाँझ समेत पुगिरहेका छन ।

सम्बन्धित समाचार