कञ्चनपुर– सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ नेतृत्व चयन गरिएको छ। हालै सम्पन्न अधिवेशनबाट दिपेन्द्र बहादुर रोकायाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
नवगठित कार्यसमितिमा डम्बर न्यौपाने वरिष्ठ उपाध्यक्ष चयन भएका छन् भने कमल बिष्ट, नवराज तिमिल्सेना र दिपु रावल उपाध्यक्षमा चयन भएका छन्। महासचिवको जिम्मेवारी सुरेन गिरीले पाएका छन्। सचिवमा गणेशराज जोशी र ललित लोथ्याल चयन भएका छन् भने महिला सचिवमा रुक्मा बम चयन भएकी छन्।
कोषाध्यक्षमा टेक बहादुर थापा (भोटे) र सह–कोषाध्यक्षमा पुष्कर नायक चयन भएका छन्।यसैगरी जिल्ला संयोजकहरूमा दार्चुलाबाट बिडी भट्ट, बाजुराबाट ओमप्रकाश पाण्डे, बझाङबाट दशरथ कुवर, कैलालीबाट गौरव रावल, कञ्चनपुरबाट राजाराम जोसी, डोटीबाट रमेश भण्डारी, डडेलधुराबाट सन्तोष भट्ट, अछामबाट नरेश न्यौपाने र बैतडीबाट आदित्य भण्डारी चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा कृष्ण भण्डारी, झलक विष्ट, ईन्द्रराज गिरी, शंकर भट्ट, सुन्दर सिंह साउद, लालबहादुर बडाल, राज न्यौपाने, रमेश सिंह र महेश बोहरा रहेका छन्।
नव निर्वाचित कार्यसमितिलाई नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष जीवन खतिवडाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूको हकहित, एकता र सामाजिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

