शुक्र, जेष्ठ २२, २०८३

एमाले क्षेत्र १मा युवा परिचालनको जिम्मा कमल रोकायालाई


कञ्चनपुर, माघ १४ आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि युवा परिचालनको जिम्मा युवा नेता कमल रोकायालाई दिएको छ ।

एमाले क्षेत्रीय कमिटिले रोकाया नेतृत्वमा युवा तथा स्वयमसेवक परिचालन उप समितिको संयोजकको जिम्मेबारी दिएको हो ।

अनेरास्ववियु तथा पाटीका युवा नेता रोकाया नेतृत्वमा नविन चन्द, सुरेन्द्र शाही, काशी बोहरा, टेक बहादुर थापा, बिक्रम थापा, अमर राना, अशोक सार्की, नरेन्द्र विष्ट, जितराम तामाङ्गलाई जिम्मेबारी दिएको छ । पाटीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने रोकायाको संकल्प छ ।

सम्बन्धित समाचार