कञ्चनपुर, १० माघ गत २९पुषदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भएको घुसुडी महोत्सवमा तीन विद्यार्थी संगठनले बिरोध गरेका छन ।
अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल समाजवादीले बिरोध गरेका हुन । उनीहरुले शैक्षिक संस्थाको जनगुनासो आएको, अवैध खेल खेलाएको, आचारसंहिता उपलङघन गथरेर, फर्जी टिकटकाटेको, र थारुगाँउको नाममा बिकृति गरेको भन्दै बिरोध जनाएका छन ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष सिजन सिह, अनेरास्ववियु देवराज जोशी र अखिल समाजवादीका ललित सिले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यार्थीले अघि सारेका माग सम्बोधन नभएको आन्दोलनको चेतावनी दिएका छन ।

