काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।
पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,´ स्वकीय सचिव भानु देउवाले भने ।प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।
नयाँ कार्यसमिति अमान्री भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ । भोलि उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताएका हुन् ।

