शनि, जेष्ठ २३, २०८३

गगन थापा नेतृत्वको काँग्रेसमा कञ्चनपुरबाट सन्तोषी एक्ली केन्द्रीय सदस्य


कञ्चनपुर, माघ ५ नेपाली काँग्रेस(गगन कुमार थापा) नेतृत्वको केन्द्रीय समितिमा कञ्चनपुरबाट समेत एक महिला नेतृ एक्ली केन्द्र्रीय सदस्यमा चयन भएकी छिन ।

काँग्रेस विशेष महाधिवेशनबाट थापा नेतृत्वमा चयन भएको नेपाली काँग्रेस केन्द्रीय समितिमा कञ्चनपुरकी सन्तोषी साउद(ऐरी) एक्ली केन्द्रीय सदस्यमा चयन भएकी हुन ।

यस अघि काँग्रेसबाट भीमदत्त नगरकी जनप्रतिनिधी समेत रहेकी युवा नेतृ साउद झण्डै १२ बर्षदेखि काँग्रेसमा सकृय छिन । समाजिक क्षेत्रमा समेत सकृय रहेकी साउद पाटीको विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्यको जिम्मेबारीमा पुगेकी हुन ।

यस अघि काँग्रेस कञ्चनपुरको १४औँ महाधिवेशन कञ्चनपुरबाट रमेश लेखक, एनपी साउद, यज्ञराज जोशी केन्द्रीय सदस्य थिए । महाधिवेशन प्रतिनिधी समेत रहेका साउदले केन्द्रीय सदस्यको जिम्मेबारी पाएसंगै उनलाई काँग्रेसजनको बधाईको ओईरो छ ।

निर्वाचन आयोगले समेत थापा नेतृत्वको काँग्रेंसलार्ई आधिकारिकता दिएसंगै महिला नेतृ साउदले पाटीलाई जिल्लामा एक ढिक्का बनाएर लैजाने बताईन । उनले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

सम्बन्धित समाचार