कञ्चनपुर – नेपाली काँग्रेस तथा तरुण दलले आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा धर्ना तथा घेराउ गरेका छन्।
निर्वाचन आयोगले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आधिकारिकता नदिएको भन्दै असन्तुष्टि जनाउँदै नेपाल तरुण दलको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।
नेपाल तरुण दल डडेल्धुराका अनुसार आइतबार नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा बसेको संयुक्त बैठकको निर्णयअनुसार निर्वाचन कार्यालय घेराउ कार्यक्रम गरिएको हो।
कांग्रेसले मागहरू तत्काल सम्बोधन नभए मंगलबारदेखि अझ सशक्त र व्यापक आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन ।
देउवालाई वैधानिकता नदिएसम्म आन्दोलन जारी रहने पर्दर्शनकारीको भनाइ थियो।निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट आएको समूहलाई वैधानिकता दिएको तथा देउवालाई उम्मेदवारी दिन नदिएको निर्णयपछि जिल्लाभर असन्तोष चुलिएको छ। स
म्भावित अवस्थालाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

