शनि, जेष्ठ २३, २०८३

महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!


कञ्चनपुर । महेन्द्रनगरस्थित TVS शोरूम (महामाया ट्रेड एण्ड सप्लायर्स) ले ग्राहकहरूका लागि ‘TVS स्मार्ट एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ। माघ १ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ TVS सवारी साधन साट्न सकिने व्यवस्था गरिएको छ।

योजनाअनुसार ग्राहकले रु. ८ हजारसम्मको भ्यालु एडिसन, रु. ७ हजारसम्मको क्यास डिस्काउन्ट तथा निःशुल्क एशोसिरिज प्राप्त गर्नेछन्। साथै, TVS का सवारी साधनमा लाइफ टाइम वारेन्टी समेत उपलब्ध गराइने शोरूम म्यानेजर भागरथी आग्रीले बताइन ।

योजनामा फटाफट फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसका लागि न्यूनतम कागजातमै सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ। यस योजनाले ग्राहकलाई सहज, किफायती र भरपर्दो रूपमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

पछिल्लो समय TVS का विभिन्न मोडलका  मोटरसाइलक र स्कुटर ग्राहक माझ निकै लोकप्रीय बन्दै गएका छन। योजनासम्बन्धी थप जानकारीका लागि महामाया ट्रेड एण्ड सप्लायर्स, महेन्द्रनगर वा फोन नम्बर ९७६७४५७९११ मा सम्पर्क गर्न सकिने छ।

सम्बन्धित समाचार