कञ्चनपुर, पुष १८उज्यालो पाटी नेपालले कञ्चनपुरबाट उम्मेदवार सिफारिस गरेको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।
उज्यालो पाटी नेपालका केन्द्रीय सदस्य भीम बहादुर कुमालले समानुपातिक सहित प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गरेको बताए ।
क्षेत्र १बाट जेनजी युवा नेता यादव सिह, क्षेत्र २बाट कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव उद्यमी हेमराज पाण्डेय र क्षेत्र ३बाट पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमाल र लक्ष्मण पाण्डेय सिफारिस भएकमा छन ।
यद्यपी रास्वपा र उज्यालो पाटीविच एकता भएसगै जिल्लाका तीनै क्षेत्रबाट कसले टिकट पाउने अझै एकिन भएको छैन ।

