शनि, जेष्ठ २३, २०८३

चौथो कार्यकालका लागि निरञ्जन भट्ट निङलाशैनी विद्यालय अध्यक्षमा


कञ्चनपुर, पुष ५कञ्चनपुरका समाजसेवी एव बरिष्ठ निर्माण व्यवसायी निरन्जन प्रशाद भट्ट एक सामुदायिक विद्यालयको अध्यक्षमा निरन्तर अध्यक्षको जिम्मेबारी बहन गरिरहेका छन ।

भीमदत्त नगरपालिका १८महेन्द्रनगर गोबरैयाकोे निङलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षका भट्ट निरन्तर चयन हुँदै आएका हुन । भट्ट लगातार चौथो पटकका लागि अहिले पनि अध्यक्षकै जिम्मेबारी बहनमा पुगेका छन ।

०७२÷०७३सालदेखि लगातार सामुदायिक विद्यालय निर्माणको अभियानमा जुटेका अध्यक्ष भट्टलाई फेरी यस पटक पनि अभिभावकले जिम्मेबारी दिएका छन । यस विचमा विद्यालयको भौतिक, स्रोत साधन बृद्धि विकास तर्फ उनले गरेको योगदानको मुल्याङकन गर्दै अभिभावकले फेरी उनलाई नै अध्यक्षको जिम्मेबारीमा पु¥याएका हुन ।

चौथो कार्यकालका लागि निङलाशैनी माविको अध्यक्षमा चयन भएका निरन्जन प्रशाद भट्टले आम अभिभावक, शिक्षक, कर्मचारी सरोकारवाला निकायको विश्वास अनुरुप गाँउको विद्यार्थीको भविष्यदेखि सामुदायिक विद्यालय बनाउने अभियानमा जुट्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित समाचार