शनि, जेष्ठ २३, २०८३

आज धनगढीमा नेपाली कम्युनिष्ट पाटीले सुदूरपश्चिम प्रदेश स्तरिय एकता सन्देश सभा


कञ्चनपुर, मंसिर १२ आज कैलालीको धनगढीमा नेपाली कम्युनिष्ट पाटी(नेकपा)को सुदूपश्चिम प्रदेश स्तरिय एकता सन्देश सभा हुन लागेको छ ।पाटी

केन्द्रको योजना अनुरुप शुक्रबार १३मंसिर धनगढीमा नेकपाको एकता सन्देश सभा हुन लागेको हो । उक्त सन्देश सभाको तयारी पुरा भएको नेकपा सुदूरपश्चिमले जनाएको छ । एकता सन्देश सभाको नेकपा नेता भीम रावलले कमाण्ड सम्हालेका छन ।

नेकपा केन्द्रीय सयोजक, सहसंयोजक एव पुर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल(प्रचण्ड), माधव कुमार नेपाल सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका ९ वटैजिल्लाहरुबाट नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागि हुने जनाएको छ ।बिहान

¥याली सहित सभामा परिणत हुने एकता सभामा जिल्ला, जिल्लाहरुबाट नेता कार्यकर्ताहरु धनगढी सहभागि हुनेछन । नेकपा सुदूरपश्चिम प्रदेशका नेता जनक बुढाले एकता सन्देश सभा तयारी पुरा भएको बताए ।

उनले वडातहदेखि नै जनसहभागिता हुने बताए । धनगढी चौराहदेखि ¥याली सहित कभर्डहलमा सभामा परिणत हुनेछ । नेकपालाई प्रदेशमै नम्बर १ पाटी बनाउने योजनाका साथ अघि बढने नेता बुढाले दावि गरेका छन । प्रदेश एकता सभासंगै क्रमिक रुपमा जिल्ला, पालिका स्तरमा समेत एकता सभा गर्ने तयारी रहेको छ ।

सम्बन्धित समाचार