पदम जाेरा,डडेल्धुरा डडेल्धुराकाे परशुराम नगरपालिकाले वडा बाटै राष्ट्रिय परिचयपत्र बितरण गर्ने डडेल्धुराकाे परशुराम नगरपालिकाले नागरिककाे सहजताका लागि वडा कार्यालय बाटै राष्ट्रिय परिचयपत्र बितरण सुरु गर्ने भएको छ ।नगरपालिकाले भाद्र १२ गते सुचना जारी गरि वडा.न.१ देखि ११ न वडामा घुम्ती टाेली मार्फत राष्ट्रिय परिचयपत्र बितरण गर्न लागेकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिहले जानकारी दिनु भयाे ।यस पुर्व नगरपालिकाकाे कार्यालय सदरमुकाम जाेगबुडाबाट राष्ट्रिय परिचय-पत्र बितरण हुदै आएको थियाे । सिबिर मार्फत २०७७ सालमा विबरण संकलन गरेका नागरिककाे राष्ट्रिय परिचयपत्र सम्वधित वडा कार्यालयमा सम्पर्क गरि परिचयपत्र बुझि लैजान समेत सुचनामा भनिएकाे छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र इलाका प्रशासन कार्यालय मार्फत बिवरण संकलन गरेका नागरिकले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बुझ्न सकिने सुचनामा उल्लेख छ ।

