
कञ्चनपुर, भदौँ २७ नेकपा विप्लव निकट अखिल (समाजवादी) ले सरकारले सुदूरपश्चिमलाई उपेक्षा गरेको जनाएको छ । हालै सरकारले देशका अन्य ६ प्रदेशमा एमबिबिएस अध्यापन अनुमती दिएपनि सुदूरपश्चिम प्रदेशलाई अनुमती नदिएको भन्दै उपेक्षा गरेको जनाएको हो । अखिल समाजवादीले एक प्रेस नोट जारी गरेर सहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनका लागि २९माघ ०७९ निर्णय भएरपनि राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधी सभामा विषयगत समितिमा राजनीतिक स्वार्थ र दाउपेच बनेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशका सबै १÷१ भन बढि चिकित्सा शिक्षा अध्यापनका संस्था र अस्पताल संचालनमा रहेको अवसमा विकास दृष्ट्रिले देशकै पछाडी परेको सुप प्रदेशमा भौतिक सरचना निर्माण भईसकेको अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनका लागि कानुनी र निमित निर्माण नहुनु दुखत र पिडादायक उल्लेख गरिएको छ । अखिल समाजवादी अध्यक्ष नरेन्द्र सीले हस्ताक्षर गरेको विज्ञप्तीमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकासका सभावनाको दृष्ट्रिले कोशेढुङ्गाको रुपमा रहेको र लाखौँ जनता, विद्यार्थी लाभत्वित हुने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण क्षमतामा संचालनमा लागि तत्तकाल संसदबाट उक्त विधेयक गर्न अस्पतालाई ६सय बेडको पूर्ण क्षमतामा संचालन गर्न, चिकित्सा शिक्षा आयोगबाट तत्तकाल सम्बन्धन दिन र विद्यार्थी संख्याको कोटा निर्धाण गर्न जोडदार माग अघि सारिएको छ । अखिल समाजवादीका महासचिव प्रंकास जप्रेलले राज्यको उपेक्षाकृत र संसदीय दलको निहित स्वार्थले गेटा मेडिकल अस्पताल संचालनमा नआएको बताए ।

