बिहि, बैशाख २४, २०८३

बेदकोटको उदयदेव माध्यामिक विद्यालयमा ५करोडको भवन बन्ने


कञ्चनपुर, माघ २३ कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा विद्यालय भवन बन्ने भएको छ ।

भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार(विद्यालय भवन) बनाउन सहयोग गर्ने भएको छ । बेदकोट नगरका मेयर भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रपोजल पेश गरेको बताए ।

‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘मेयर बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रपोजल स्वीकार गरेको छ ।’ दुताबासको कुल बजेटको १० प्रतिशत नगरपालिकाले समेत हाल्ने मेयर बोहराले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत राेकायाले याे प्रकृयामा सहयोग सबै कार्यालयदेखि स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीय सासदसम्म आभार प्रकट गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply