बिहि, बैशाख २४, २०८३

शुक्लाफाँटा नगरपालिकाको ज्यादती विरुद्ध व्यापारी आन्दोलित


झलारी ।शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरी परिचालन गरी झलारी बजारका व्यापारीको सामान बलजफ्ती लगेपछि व्यापारीहरु आन्दोेलित भएका छन । पसल अगाडी राखिएको र झुण्डाईएको सामान नगर प्रहरीले लगेपछि व्यापारीहरुले सामान फिर्ता गर्न माग गरेका छन । व्यापारीहरु प्रतिरोधमा उत्रिए पछि नगर प्रहरीले केही जफत गरेका सामान जुन ठाउबाट उठाएका हुन त्यसै ठाउमा छाडेका छन । बजार व्यवस्थीत बनाउने नाममा ज्यादती गरीएको व्यापारीहरुको भनाई रहेको छ । नगर प्रहरीले नगर प्रमुखको आदेशमा अबैध रुपमा फुटपाथमा राखिएको सामान उठाउनका लागि आइपुगेको बताएका छन । बजारको केही क्षेत्रबाट सामान उठाए पनि व्यापारीले चर्को प्रतिरोध गरेपछि नगर प्रहरी निरीह बनेर फर्केका थिए । त्यसै बेला नगर उप प्रमुखलाई गाडीमै आधा घण्ट सम्म प्रदर्शनमा उत्रिएका व्यापारीहरुले सडकमै रोकेर नाराबाजी गरेका थिए । व्यापारीहरुले बिहीवार नगरपालिकाको ज्यादती विरुद्ध बजार बन्द गर्ने घोषणा गरेका छन । फिल्मी शैलीमा एका एक रुपमा आएर सामान उठाउन लगाईएको व्षपारीहरुको आरोप छ । नगरपालिको ज्यादती विरुद्ध व्यापारीहरुले कमला ऐरको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन । संघर्ष समितिको सदस्यमा भीम बहादुर ऐर,रमेश रावल,जय बहादुर ऐर र बिमल शाहु रहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply